"बाडुली राेक्ने तरिका"

बाडुली भनेकाे हिक्क हिक्क लाग्नु हाे । किन लाग्छ त बाडुली ? यसको उत्तर चिकित्सक मात्र होइन वैज्ञानिकले पनि दिन सकेका छैनन् । वैज्ञानिकको अनुमान अनुसार शरीरमा हुने डायाफ्राम खुम्चिँदा बाडुली लाग्ने गर्दछ । डायाफ्राम नामक मांसपेशीले छाती र पेटलाई छुट्ट्याउँछ । तर वैज्ञानिकहरूले बाडुली लाग्नुको ठ्याक्कै कारण भने अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् । बाडुली लाग्नु स्वभाविक हो । धेरैलाई बाडुली लागिरहने गर्दछ । बाडुली लाग्दा आफ्ना बारेमा कसैले कुरा गरेको वा कसैले सम्झिरहेको हुन्छ भन्ने विश्वास गरिन्छ । बाडुली लाग्दा धेरैलाई यसले कुनै असर गर्दैन । यो केही मिनेटमा नै हटेर जान्छ । तर कहिले काहिँ लामो समयसम्म बाडुली लाग्ने गर्दछ । यस्तो अवस्थामा केहि घण्टा वा केही दिनसम्म पनि रहन्छ । बाडुली लाग्ने बिभिन्न कारण हुन सक्छन् । जसमा छिटो–छिटो खाना खानु, बढी पिरो खानु अथवा अत्याधिक रक्सी सेवन का कारणले बाडुली लाग्न सक्छ । कहिलेकाही हामी खाना ठीकसंग खाँदैनौं, जसको परिणामले बाडुली लाग्न सुरु गर्छ । खानाको टुक्राको बीचमा हावा मिसिनाले बाडुलीको समस्या सुरु हुन्छ । तर कुनै बेला त्यसै केहि नगरेको अबस्थामा बाडुली लागेर हामीलाई सताउने गरेको पाईन्छ ।
बाडुली रोक्नका लागी विभिन्न घरेलु उपायको अबलम्वन गर्न सकिन्छ ।
कागती र मह : बाडुली रोक्न कागती लाभदायी हुन्छ । एक चम्चा कागतीको ताजा रसमा एक चम्चा मह राखेर खानुहोस् यसले बाडुली लाग्न रोकिन्छ । कागती र मह एक चम्चा कागतीको रसमा एक चम्चा मह मिसाउने र चाट्ने गर्दा पनि ठिक हुन्छ ।
श्वास केहि बेर रोक्नुहोस् : बाडुली लागेमा लामो श्वास लिनुहोस् र केही सेकेण्डका लागि रोक्नुहोस् । जब फोक्सोमा कार्बनडाइ अक्साइड भरिन्छ, त्यसलाई श्वासप्रश्वास प्रक्रियामा महत्वपूर्ण मानिएको अंग डायफ्रामले बाहिर निकाल्छ र बाडुली रोकिन्छ । यसरी श्वास रोक्ने : बाडुली लागिरहेमा लामो श्वास लिएर केही सेकेन्डसम्म श्वास रोकी बिस्तारै श्वास फेर्ने गरेमा पेटमा जम्मा भएको कार्बोन्डाइ अक्साइडका कारण बाडुली लाग्न बन्द हुन्छ।
मरिच : मरिचका तीन दानालाई चिनी या मिश्रीको एक टुक्राका साथ चपाउनुहोस् आवश्यक परे एक घुड्को पानी पनि पिउन सक्नुहुन्छ । यसो गर्दा तत्काल बाडुली रोकिन्छ ।
चिनी : बाडुली आउँदा तुरुन्तै एक चम्चा चिनी सेवन गर्नुहोस् । केही समयपछि बाडुली आउन रोकिन्छ ।
भिनेगर : एक चम्चा भिनेगरको सेवनले बाडुलीमा तुरुन्तै राहत दिलाउँछ । यसको अमिलो स्वादले बाडुली रोक्न मद्दत गर्छ ।
नुन पानी : थोरै नुनलाई एक गिलास पानीमा मिसाएर एक या दुई पटक पिउनुहोस् । यसबाट बाडुलीको समस्या तुरुन्त रोकिन्छ ।
चकलेट पाउडर : बाडुली लाग्न थाल्नेबित्तिकै चकलेट पाउडर एक चम्चा खानुहोस् । यसबाट केहीसमयमै बाडुली रोकिन्छ।
कान बन्द गर्ने : लामाे श्वास लिएर दुवै कान बन्द गरि श्वास कम्तिमा तीस सेकेन्ड राेकेमा बाडुली राेकिन्छ ।

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

गरिबीको अवस्था र घटाउने उपाय ।

गरिबी अभावको अवस्था हो । यसका स्वरूप र आयाम धेरै भए पनि जीवन निर्वाहका लागि आधारभूत आवश्यकता प्राप्त गर्नबाट वञ्चितिमा रहनु नै गरिबी हो । सामान्य अर्थमा जीवनयापनका लागि चाहिने आधारभूत आव

स्वस्थ जीवनका लागि सन्तुलित भोजन र व्यायाम ।

व्यायाम भनेको त्यस्तो व्यवस्थित कर्म हो, जसले शरीरको अवयवलाई सन्तुलित ढंगले सक्रिय तुल्याउँछ । समान्यतया व्यायामले शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्दछ । शरीरको तौल ठीक राख्ने, मुटुका रोगल