डबल म्युटेन्टको कोरोना, तपाईंको मास्क खोई ?

विश्वमै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नयाँ Variant का कारण विश्व अहिले जटिल मोडमा पुगेको छ । कोरोना संक्रमणले विज्ञानलाई नै चुनौंती दिइ रहेको छ । दिनप्रतिदिन लाखौँ मानिसहरुले ज्यान गुमाइ रहेका छन् । कोरोना सकियो, नेपालीको एम्युनिटी पावर बढी छ केही हुँदैन भन्ने सोच अत्यन्त गलत हो । जुन मात्रामा कोरोना बढेको छ त्यसलाई हामीले रोक्न सकेनौं भने अस्पतालहरूमा लगभग बेड भरिसकेका छन्, सरकारले पनि थाम्न सक्दैन । त्यसैले अब हामी आफैँ शतर्क हुनु जरूरी छ । हेलचेक्र्याइँ नगराँै । यस्तै हामी शतर्क रहन अलिकति पनि भुल्यो भने सरकारले लकडाउनबाहेक अरू केही गर्न नसक्ने स्थिति आउन सक्छ । अहिले कोरोनाको डबल म्युटेशन देखिएको वैज्ञानिकहरूले बताएका छन् । डबल म्युटेशनले एउटाले जुन शरीरमा रोगसँग लड्न सक्ने एम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) लाई छक्याएर शरीरमा छिटो आक्रमण गर्न सक्ने, अर्को एउटा मानिसबाट अर्को मानिसमा छिटो फैलिने हुँदा यसलाई डबल म्युटेशन भनिएको हो । कोरोनाको नयाँ ख्बचष्बलत का कारण छिमेकी मुलुक भारतमा हेरौँ निकै जटिल मोडमा पुगेको छ । तर अर्को छिमेकी मुलुक चीनमा हेर्दा सावधानी र नयाँ रणनीतिबाट कोरोना नियन्त्रणमा रहेको पाइएको छ ।

कोरोनाको महामारीबाट विश्व नै आक्रान्त बनेको अवस्थामा लगभग सबैले मास्कको प्रयोग गर्ने गरेका छन् । संसारमा लाखौं प्रकारका भाइरस छन्, कोरोना पनि तीमध्ये एउटा हो । भाइरस अत्यन्त सूक्ष्म हुन्छ । यो ब्याक्टेरिया (कीटाणु) भन्दा पनि सानो हुन्छ । ब्याक्टेरिया आफैँ सामान्य जीवकोषभन्दा १० गुणा सानो हुन्छ । जसको आकार ०.२ माइक्रोनदेखि १० माइक्रोनसम्म हुन्छ । अर्थात्, धुलो नुनको एउटा सानो दानाभन्दा एक हजार गुणा सानो हुन्छ ब्याक्टेरिया । त्योभन्दा सय गुणा साना हुन्छन् भाइरस । त्यसैले यिनलाई सामान्य प्रकारका सूक्ष्मदर्शक यन्त्र (माइक्रोस्कोप) ले पनि देख्न सकिँदैन । भाइरसको अध्ययन गर्ने छुट्टै विधा छ जसलाई भाइरोलजी भनिन्छ । कोरोना केही होइन, कडा रूघाखोकी जस्तै हो, सामान्य हो, मास्क लगाएर केही हुँदैन, जाँच गरायो भने धेरैलाई कोरोना देखिन्छ, तातो पानी खायो भने ठिक भैहाल्छ, मानिसलाई कोरोना लाग्यो भनेर डर देखाउने मात्र हो, यस्ता कोरोनासँग डराउनु हँुदैन, लक्षण देखिएकाहरूले परीक्षण नगराई भीडभाडमा खुलमखुल्ला हिँड्ने, चेकजाँच नगराउने, चिसोतातोको समयमा रूघाखोकी लागि हाल्छ नि भनेर ब्यापक रूपमा भ्रम फैलाइरहेको पाइन्छ । हाटबजार, भिडभाडस्थल जस्ता क्षेत्रमा मास्क नलगाई मानिसहरू मनपरि हिँडिरहेको देखिन्छ । महामारीलाई पुरा वेवास्ता गरेको देखिन्छ । अलि समस्या परेमा सरकारले केही गरेन भनेर सरकारलाई दोष दिनेहरू पनि भेटिन्छन् । नागरिकको कर्तव्य र दायित्व के हो भन्ने विषयमा हामी सबैले भुलेका हुन्छौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको यस्ता विषयमा विज्ञहरूले व्यापक अध्ययन अनुसन्धान गरेका छन् ।

Vaccine सबैलाई पुगेको छैन र भ्याक्सिनको पनि पूर्ण भरपर्न सकिएको छैन, दुवै डोज खोप लगाएका ग्राण्डी अस्पतालका चिकित्सकमा कोरोना देखिएको छ, अहिले व्यापक भएको डबल म्युटेशन कोरोनाको अनुसन्धान कै क्रममा रहेको छ । विश्वले स्वीकार गरिसकेको दोस्रो लहरको महामारीलाई हामी सबै सचेत र एक भएर कडाइका साथ स्वास्थ्य मापदण्ड अप्नाउन सम्पूर्ण युवाहरू लाग्नुपर्ने अवस्था सिर्जना भएको छ । जीवन रहेमा धन, सम्पत्ति, नातागोता, इष्टमित्र, मनोरञ्जन सबै कुरा प्रयोग गर्न सकिन्छ । यो कोरोना भाइरस पहिला जस्तै रूघाँखोकी लाग्ने, ज्वरो आउने, गन्ध हराउने जस्ता पहिला कै कोरोना का लक्षण हुन तर यो भेरियन्टको फरक भनेको छिटो मानिसको शरीरमा आक्रमण गर्ने र छिटो सर्ने नै हो । त्यसैले हेलचेक्र्याइँ नगरी व्यक्ति, समाज र समुदायको स्वास्थ्य सुरक्षामा जोडदिनुपर्ने जरूरी छ । सामाजिक दूरी कायम गराँै, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरौँ, अत्यावश्यक कामबाहेक घरबाहिर नजाऔँ, भीडभाड नगरौँ, नेपालमा हाल कोरोनाको संक्रमण दिनानुदिन बढिरहेकोले यसले विकराल रूपलिन सक्ने भएको हँदा यो रोगलाई गम्भीर रूपमा लिने गरौँ, समय समयमा साबुन पानीले हात धुने गरौँ, खोप लगाएका वा खोप नलगाएका सबैले मास्क अनिवार्य लगाउने गराँै, यसो गर्न सकिएमा कोरोनाको संक्रमणबाट केही हदसम्म बच्न सकिन्छ ।

वैज्ञानिकहरूका अनुसार हालसम्म मानव शरीरमा सातथरी कोरोना भाइरस पत्ता लागेका छन् । तीमध्ये चार प्रकारका कोरोना भाइरस. मानव स्वास्थ्यमा खासै असर नगर्ने खालका छन् भने बाँकी तीनले महामारी फैलाएका छन् । सन् २००२ मा सुरु भएको सार्स, सन् २०१२ को मर्स र सन् २०१९ डिसेम्बरदेखि फैलिएको हालको सार्स–कोभी–२ सबै कोरोना भाइरस परिवारका सदस्य हुन् । यी सबै कोरोना भाइरसहरू लाई प्राणीजन्य रोगलाई (जूनोटिक डिजिज) मानिन्छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा यो महामारी सुरु भएपछि वैज्ञानिकहरूले बिरामीका रगत र स्वाबका नमुना संकलन गरी कोरोना भाइरसको आनुवांशिक अध्ययन गरेका थिए । यसको बनावट अन्य जीवको जस्तो जटिल हुँदैन । प्रोटिनको खोलभित्र हुने न्युक्लिक एसिड समेटिएर भाइरस बनेको हुन्छ । न्युक्लिक एसिड आफैंमा सजीव होइन । जीवनको एउटा आधारभूत अंश मात्र हो । हाम्रो शरीरका कोषहरुमा पनि DNa/ RNa नामका न्युक्लिक एसिड हुन्छन् । भाइरसमा भएको न्युक्लिक एसिडले आफूलाई चाहिने प्रोटिन बनाउन र रासायनिक प्रतिक्रियामा सहभागी हुने क्षमता हासिल गरेपछि मात्रै त्यो सजीवको रुप धारण गर्छ । यसरी सक्रिय हुन उसले आफूलाई अनुकुल हुने वातावरण पाउनुपर्छ । त्यो अनुकुल वातावरण अन्य जीवको निश्चित कोष हुनसक्छ । त्यो कोषमा नपुगुन्जेल भाइरस निर्जिवसरह निस्क्रिय हुन्छ । तिन÷चार दिनमा त्यस्तो अनुकुल वातावरण पाएमा त्यो सक्रिय हुनसक्छ । यसैले पनि भाइरसलाई निर्जीवबाट जिवित कोषबीचको परिवर्तन कालको एक अवस्थाको रुपमा लिइएको हो । मानिसहरूमा रोगविरुद्ध लड्ने क्षमता दुई तरिकाले विकास हुन्छ । पहिलो हो प्राकृतिक प्रक्रिया । मानव शरीरमा ब्याक्टेरिया, भाइरसजस्ता बाह्य जीवहरु प्रवेश गर्नासाथ त्यसको प्रतिक्रियामा हाम्रो रोग प्रतिरोधात्मक क्षमता सक्रिय हुन्छ । त्यस क्रममा शरीरले एन्टीबडी नामक रसायन उत्पादन गर्छ । त्यो एन्टीबडीले उक्त बाह्य जीवलाई नष्ट गर्छ । सार्स–कोभी–२ नयाँ भाइरस भएकाले मानव शरीरले यसको प्रवेश हुनासाथ चिन्न र एन्टीबडी उत्पादन गर्न समय लाग्छ । त्यसैले सबै मानिसमा रोग प्रतिरोधात्मक क्षमताले पूर्णतः काम गर्न सक्दैन । फलस्वरुप स्वास्थ्यमा जटिलता उत्पन्न हुने र मृत्युसम्म हुने सम्भावना रहन्छ । निको नै भइसके पनि यो क्षमता मानव शरीरमा कति समय कायम रहन्छ भन्ने निक्र्योल भइसकेको छैन । दोस्रो हो खोपको माध्यमबाट रोग प्रतिरोधात्मक क्षमताको विकास । तर अहिले खोप पनि बनिनसकेको तथा निको भइसकेकाहरूमा कति समयसम्म बचाउन सक्छ, यकिन पनि नभएकाले भविष्यमा यसको संक्रमण दर तथा प्रवृत्ति यस्तै हुन्छ भन्न सकिँदैन भनेर अनुसन्धानमा खटिरहेका विज्ञहरूले बताएका छन् ।

अहिले कोरोनाको नयाँ भेरियन्ट सम्बन्धमा वैज्ञानिकहरूद्वारा अनुसन्धान भै रहेको छ । प्राकृतिक वा खोप जुनसुकै प्रक्रियाबाट भए पनि विकसित भएको रोगविरुद्ध लड्ने क्षमता सय हप्ताभन्दा बढी समयसम्म सक्रिय भयो भने भविष्यमा यो रोगको संक्रमण दर निकै घट्न सक्छ भनेर विज्ञहरूले बताएको पाइन्छ । यसर्थ यो कोरोना भाइरस अत्यन्त खतरनाक छ भन्न सकिन्छ ।
धेरैजसो भाइरसहरू हावाबाट नै मानिसमा सर्ने गर्छ। त्यस्ता मास्कहरूले नाक र मुख छोप्ने भएपनि ती खुकुला हुन्छन् र तिनमा हावा फिल्टर गर्ने व्यवस्था हुँदैन एवम् आँखा पनि छोप्दैनन् । त्यसैले गुणस्तरीय एवं राम्रो सर्जिकल मास्क लगाउनु जरूरी हुन्छ । तर हाच्छिउँ वा खोकीबाट र हातले मुख छुँदा भाइरस सर्न सक्ने अवस्थाबाट भने मास्कले केही हदसम्म सुरक्षा दिन सक्छन् । न्यू साउथ वेल्समा सन् २०१६ मा गरिएको एक अनुसन्धानका अनुसार मानिसहरूले एक घण्टामा औसत २३ पटक आफ्नो अनुहार छुने गर्दछन् । घरबाहिर भिडभाडमा जाँदा आफू संक्रमित हुन र अरूलाई पनि त्यसको जोखिमबाट जोगाउन मास्कले धेरै हदसम्म सहयोग पु¥याउने जनस्वास्थ्यविद्हरूको मत छ । तर मास्कको प्रयोग देखि त्यो निकाल्दासम्म उचित तरिका अपनाउन सकिएन भने मास्कको प्रयोग अर्थहीन ठानिन्छ । मानिसले अनुहार छुने समयमा उचित सावधानी अपनाउनुपर्दछ । मास्क व्यक्तिगत सुरक्षाको भरपर्दो साधन बनेको छ । मास्कले थुकका छिटाहरूबाट हुन सक्ने संक्रमणको जोखिमलाई कम गराउँछ ।

लामो समयसम्म मास्क लगाएर बसिरहनु चुनौतीपूर्ण कार्य हो । सरसफाइका सामान्य उपायहरू अपनाउनु नै संक्रमणबाट जोगिन मास्क लगाउनुभन्दा धेरै प्रभावकारी उपाय हो । छिउँ गर्दा आफ्नो मुख छोप्ने, हात धुने, हात नधोइकन हातले मुख नछुने जस्ता कार्यले नै श्वासप्रश्वासबाट भाइरस सर्न सक्ने जोखिमलाई धेरै हदसम्म सीमित तुल्याइदिन्छ । मास्क लगाउनु फाइदाजनक हुन्छ भन्ने आम बुझाइ रहेको पाइन्छ, तर वास्तवमा चिकित्सासँग सम्बन्धित वातावरणमा बाहेक अन्यत्र त्यस्ता मास्कले फाइदा पु¥याउँछन् भन्ने प्रमाण छैनन् । मास्कहरू प्रभावकारी हुनकालागि तिनलाई सही तरिकाले लगाउनुपर्छ, नियमित रूपमा बदलिरहनुपर्छ र सही तरिकाले फाल्नुपर्छ । आफ्नो व्यक्तिगत र हातको सरसफाइमा बढी ध्यान दिनु राम्रो हुन्छ । मानिसको थुक वा छिटाबाट सर्न सक्ने भाइरसबाट जोगिन त्यस्तो सर्जिकल मास्क प्रभावकारी हुने कुरामा विश्वास गरेका छन् तर हातबाट मुख छोइँदा संक्रमण सर्न सक्ने अवस्थामा पनि त्यस्ता मास्क प्रभावकारी हुने विश्वास गरिएकोछ । त्यसैले विज्ञहरू सर्जिकल मास्क प्रयोग गर्न सल्लाह दिन्छन् । कतिपय देश र शहरहरूले पनि मास्कको प्रयोगलाई प्रोत्साहन गरिरहेका छन् र देशका भिडभाड हुने ठाउँ जस्तै सार्वजनिक यातायात, बजार, पसलहरू, बार तथा होटलहरूमा मास्क अनिवार्य बनाएका छन् । सामाजिक गतिविधिमा संलग्न हुँदा वा अरू घरका मानिसहरूसँग भेट्दा मास्क प्रयोग गर्नु पर्दछ । मास्कको उचित प्रयोग भएमा कोरोनाभाइरस नियन्त्रणमा मद्दत गर्न सक्छ ।

चिकित्सकहरुले संक्रमणबाट बच्नको लागि विभिन्न उपायहरु सुझाएका छन् । नियमित रुपमा हातमुख सफा गर्ने, खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, कोरोना भाइरसको संक्रमित व्यक्तिबाट टाढा बस्नुका साथै मास्कको उचित प्रयोग गर्न सुझाव दिएका छन् । श्वासप्रश्वास सम्बन्धी सरुवा रोगको संक्रमणबाट बच्न मास्क जरुरी छ । तर, बजारमा पाइने जस्तोसुकै मास्कले संक्रमण रोक्दैन । सामान्यतयाः चिकित्सकहरूले अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गर्ने सेतो वा हल्का हरियो वा निलो रंगको ‘सर्जिकल मास्क’लाई बढी सुरक्षित मानिन्छ । संक्रमण भएका ब्यक्तिसँग नजिक बस्दा नाक र मुख छोप्ने मास्कले हावा फिल्टर गर्दैन । एन ९५ मास्कले भने हावाबाट फैलिने संक्रमण पनि रोक्न सक्ने क्षमता राख्छ । तर बजारमा यो मास्कको अति नै कमी छ । ‘एन९५ मास्क’ ले निकै हदसम्म भाइरसबाट बचाउने विभिन्न अनुसन्धानले देखाएका छन् । यद्यपि यो मास्क पनि पूर्ण सुरक्षित भने नहुने बताइन्छ । मास्क लगाए पनि आँखाको माध्यमबाट भाइरस संक्रमण हुनसक्छ । राम्रो गुणस्तरको मास्क लगाउने र समय–समयमा फेर्ने हो भने संक्रमणबाट धेरै हदसम्म सुरक्षित हुने सकिने चिकित्सकहरुको भनाइ छ । सस्तो र नष्ट गर्न सकिने मास्क राम्रोसँग प्रयोग गर्न सके पनि विभिन्न संक्रमणको रोकथाम गर्न सकिने सरुवा रोग विशेषज्ञहरु बताउँछन् । सर्जिकल मास्कको नियमित प्रयोगले अस्पतालका स्वास्थ्यकर्मी र बिरामीलाई विभिन्न संक्रमण र बिरामी हुनबाट जोगाएको पाइएको विभिन्न अध्ययनले देखाएको छ ।

‘तपाईको मास्क खोई ?’ भन्ने अभियान चलाउन युवाहरू परिचालन गर्नु पर्ने देखिएको छ । यस्ता अभियान जनप्रतिनिधि, नागरिक समाजका अगुवाहरू र युवाहरूले सक्रिय भएर थाल्ने हो भने अज प्रभावकारी हुनेछ । अहिले मास्क नलगाई हिँड्ने, भिडभाड गर्ने, स्वास्थ्य सूरक्षा नअपनाई गतिविधि गर्न दिने हो भने कोरोना संक्रमणको भयावह स्थिति जटिल बन्न सक्छ । जनताको जीउधनको सुरक्षाका लागि यसमा सरकारले कठोर कदम चाल्नु पर्ने अवस्था पनि सिर्जना हुन सक्छ । सरकारले नेपालमा कोरोना संक्रमणको दर उच्च बनेको भन्दै यही अवस्था कायम रहे अस्पताल र सुरक्षाकर्मीले धान्न नसक्ने चेतावनी दिइरहेको छ । साथै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड नअपनाए एवं हाल देखिएको लापरवाही कायम रहे नेपालमा कोरोना संक्रमणको अवस्था नियन्त्रण बाहिर जाने पनि चेतावनीसमेत दिएको छ । संक्रमणदर दिनप्रतिदिन उच्च बनेकोले थप सचेतना अपनाउन स्थानीय तह, प्रदेश सरकार र सुरक्षाकर्मीलाई सजक रहन सरकारले आग्रह गरेको छ । हामी सबै संक्रमणको अवस्थालाई हेरेर गम्भीर हुनुपर्ने जरूरी छ । अब के गर्ने, आफ्नो दायित्व र कर्तव्यलाई आजै बुझ्न आवश्यक छ ।

यातायातमा यात्रा गर्ने, होटल व्यवसायमा पनि सुरक्षा विधि नअपनाउने, कार्यालय, हाटबजार, पसल आदिमा पनि स्वास्थ्य सुरक्षाको ख्याल नगर्ने र यस्तै प्रवृत्ति बढ्न दिने हो भने यसले मानव अस्तित्व माथि ठुलो क्षति पुराउन सक्ने देखिन्छ । स्वास्थ्य सुरक्षा नअप्नाउनेहरूका लागि जिम्मेवार को हुने, के सरकार एक्लै नियन्त्रण गर्न सक्छ, के यहाँ बुद्धिजीवी वर्ग नभएको हो वा धेरै बुद्धिजीवी भएको हो, कोरोनाको संक्रमणबाट मृत्यु भएमा लासलाई त छुन नसकिने अवस्थामा जवाफ कसले दिने केही, सामान्य सुरक्षा अपनाउन नसक्ने हामीले के देशका असल नागरिक भएर सभ्य समाज बनाउन सकिएला, यदि आफूलाई कोरोनाबाट संक्रमित हुन बाट जोगाउन सकिएन भने आफ्नो परिवार, समाज, देश र विश्व नै ध्वस्त हुनबाट जोगाउन सकिएला ? अनि व्यक्ति समाजको अस्तित्व जोगाउन सकिएला ? कोरोनाको समाजमा फैलिसकेको छ यसलाई कसरी संक्रमणबाट जोगाउन सकिएला भन्ने केही सोच विचार छ कि ? यस्ता महामारी फैलिनबाट जोगाउन सहयोग नगर्नेहरूलाई के संक्रामक रोग नियन्त्रण कानुनबमोजिम अगाडि बढ्नु पर्ने हो र ? हाम्रो यस्तै मास्क नलगाई हिँड्ने, सामाजिक दूरी कायम नगर्ने, बाहिरबाट आएकालाई अलग सुरक्षित नराखि समाजमा घुलमिल गराउने, भिडभाड गर्ने, सुरक्षा विधि नअपनाई व्यापार–व्यवसाय गर्ने जस्ता लापरवाही बढ्दै जाने हो भने एकदिन पक्कै पनि ठूलो दुर्घटना हुनेछ र आफूले आफूलाई पनि पहिचान गर्न सक्ने अवस्था रहने छैन ।

भाइरसहरूबाट बच्न र बचाउन भौतिक दूरी बनाई राख्ने, हातहरूलाई सधैं कहीँकतै प्रयोग गरिसकेपछि साबुनपानीले धोएर सफा राखी राख्ने, सेनिटाइजर प्रयोग गर्ने, ध्यानपूर्वक अनिवार्य रूपमा मुखमा मास्क प्रयोग गर्ने र खोक्दा÷हाच्छ्युँ गर्दा कुइनोले छोप्ने आदि महत्वपूर्ण बानी बसाल्नुपर्छ । डबल म्युटेनको कोरोना भाईरसबाट बच्न हामी सवैले पूर्ण रूपमा स्वास्थ्य मापदण्डको पालना गरी अनिवार्य रूपमा गुणस्तरीय मास्क गर्नै पर्दछ । सञ्चार माध्यम र सञ्चारकर्मीहरूबाट पनि जनचेतनामूलक सन्देश प्रवाह गरौं । भाइरसलाई सवै मिलेर परास्त गरौं भन्ने हार्दिक अपिल गर्दछु ।

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

गरिबीको अवस्था र घटाउने उपाय ।

गरिबी अभावको अवस्था हो । यसका स्वरूप र आयाम धेरै भए पनि जीवन निर्वाहका लागि आधारभूत आवश्यकता प्राप्त गर्नबाट वञ्चितिमा रहनु नै गरिबी हो । सामान्य अर्थमा जीवनयापनका लागि चाहिने आधारभूत आव

स्वस्थ जीवनका लागि सन्तुलित भोजन र व्यायाम ।

व्यायाम भनेको त्यस्तो व्यवस्थित कर्म हो, जसले शरीरको अवयवलाई सन्तुलित ढंगले सक्रिय तुल्याउँछ । समान्यतया व्यायामले शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्दछ । शरीरको तौल ठीक राख्ने, मुटुका रोगल