कोरोना कै बेडबाट मैले भोग्दै गरेका अनुभवहरू ।

कोरोना भार्इरसका बारेमा धेरैलार्इ थाहै छ । कोरोना भाइरसको वैज्ञानिक नाम सार्स-कोभ-२ (Sars-CoV-2) हो। यसको सङ्क्रमणबाट हुने रोगलाई कोभिड-१९ (Covid-19) भनिन्छ। कोरोनाभाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ। सङ्क्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ। सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोनाभाइरस हुन्छन्। उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ। भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ। बिस्तारै ती अङ्गलाई कोरोनाभाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पुर्‍याउन सक्छन्।

मलार्इ कोभिड प्रवेश गर्दाको अनुभवलार्इ शुरूवाती समयलार्इ नियाल्दा म सधै जसो Morning Walk गरेर फर्के पछि घरमा योगा गरी नुहाउने कार्य हुन्थ्यो । विहानै देखि अलि शरीरलार्इ अप्ठेरो असजिलो महसुस गरेको थिए । Morning Walk नगर्इ योगा मात्र गरे । सार्वजनिक विदाका दिन पनि थियो । दिउसो घाम पनि लागेको थिएन चिसो थियो । साझ एउटा लेख लेखेर सुते । भोलिपल्ट शरीर पुरै दुखेको, आँखामा अश्रुग्यासको पिरो जस्तै पोलेको थियो । साँझ खाना खाने मन त थिएन तर श्रीमतीले खाना खानु पर्छ भन्ने अलि प्रेशर गरिन अनि हात धुन थालेको एक्कासी पुरै शरीर थरथरी काम्यो। तुरून्त डाक्टर कमल भूषाललार्इ सम्पर्क गरे उहाले १००० एम जी को सिटामल खान सल्लाह दिनु भयो र थप समस्या भएमा हामी तैयारी अवस्थामा भएकोले नआत्तिन सुझाउनु भयो । सिटामल खाएर दुर्इवटा सिरक ओडेर सुते रातको १ बजे पसिना निस्कीए पछि अलि हल्का भयो । शरीर भने रातभरी नै दुखेको छ, आँखा निकै पिरो भएको छ । बिहानै स्वास्थ्यकर्मी लगायत सवै सँग सल्लाह लिए । बिहान स्वास्थ्य टोलि अवस्था बुझ्न घरमै आर्इपुग्नु भयो । स्वाव टेस्टका लागि पठाइयो । साँझ कोरोना पोजेटिभ भएको रिपोर्ट आयो । आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव अर्याल, काठमाण्डु कै अर्का डा. कृष्णगोपाल महर्जन, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल, लुम्विनी कोभिड १९ का फोकल पर्सन डा. सुदर्शन थापा, सैनामैनाका डा. कमल भूषाल, स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थी, नविन अर्याल,दिपक जी लगायत धेरै मेडिकल पर्सनहरूसँगको सल्लाहबाट घरमा बसी कोभिडसँग लडार्इ लडिरहेको छु । प्राय दैनिक डाक्टरहरूबाट सल्लाह सुझाव पार्इरहेको छु । स्वास्थ्यकर्मीहरूले दैनिक केहि समस्या छ कि भेट्न आर्इरहनु भएको छ । शुरूमा १०१डिग्री फरेनार्इट भन्दा बढी ज्वरो आयो, आँखा पोल्यो, घाटी दुख्यो, शरीर दुख्यो, गन्ध एवं स्वाद हरायो, पखाला लाग्यो, अज बढी त तालुमा दुखार्इ बढी भयो, दुर्इदिन राती १२ देखि २ बजे तिर स्वासफेर्न अलि अप्ठेरो बनाएको थियो । रातभरी तालु (टाउको) कपडाले थिचेर सुते, निद्रा लाग्ने कुरै भएन । तर पनि यसलार्इ जित्नु पर्दछ भनेर प्रसस्त मात्रामा तातो पानी र झोलिलो पदार्थ खाए। खाना मिठो नभए पनि खाना धकेलेरै भए पनि खान श्रीमतीले प्रेसर गरिरहिन । त्यसै गरी खाना खादै गए । तेस्रो दिन एकछिन घाम ताप्न बसेको तुरून्तै अध्यारो भयो चक्कर लागे जस्तै महसुस भयो तर पानी भनेछु थोरै पानी पीएर वेडमा कसरी आएभन्ने खासै थाहा पार्इन । यस्तै यस्तै समयमा ख्याल गरिदिने मानिस भैदिने हो भने कोरोनालार्इ परास्त गर्न सकिदो रहेछ । म बिरामी परेको धेरैलार्इ त थाहा थिएन तर थाहा पाएकाहरू, मेराभार्इहरू, आफन्तजन, कार्यालयका स्टाफ साथीहरू, पत्रकार मित्रहरू, छरछिमेकी धेरै आउनु भयो । खासमा भेट्न आउनेहरूबाट धेरै साहसिला विषयको ज्ञान पार्इन्थ्यो । भेट्न आउनुहुनेले के पनि भन्नु हुन्थ्यो भने केहि परे हामी तपार्इको साथमा छौ नआत्तिकन शाहसिलो बन्न सुझाउनु हुन्थ्यो । खासगरी बिरामी परेको समयमा मलार्इ जो जसले भेट्न आउनु भयो उहाँहरु प्रति म सधै ऋणि रहने छु । आफ्नो भन्ने मानिसलार्इ पहिचान गर्न बिरामी र अप्ठेरो भएको समयमा मात्र चिनिदो रहेछ । यस्तै गरी सामाजिक दूरी कायम गरी शुभचिन्तकहरूले भेट गर्दा पनि आत्मबल बढ्ने रहेछ । ज्वरो आउनु र सुक्खा खोकी लाग्नु, घाँटी दुख्ने, शरीर दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने, सुँघ्ने क्षमता पनि शिथिल हुने कोरोनाका यि लक्षणहरू नै रहेछन्।

मेरा भोगार्इका अनुभवहरूमा विशेष गरी कोरोना लाग्यो भनेर आत्मबल कमजोर नबनाउने र आत्मबल उच्च बनाउनु पर्दछ । कोरोना लागेको शंका लागेमा तुरून्तै परीक्षण गराउनु पर्दछ जसले गर्दा उपचार गर्न सजिलो हुन्छ । विशेष गरी कोरोना लागेको ५ दिन सम्म बिरामीको एकदमै ख्याल गर्ने गर्नु पर्दछ । झोलिले पदार्थ प्रसस्त मात्रामा खाने गर्नु पर्दछ । चिसो वस्तु केहि नखाने । १५/१५ मिनटमा तातो पानी खाने । झ्याल ढोका खुला गरेर सुत्ने । घाम लागेको समयमा प्रसस्त मात्रामा घाम ताप्ने गर्नु पर्दछ तर त्यो समयमा पनि तातो पानी पीउनु पर्दछ । सकेसम्म बाफ लिर्इरहनु पर्दछ र खाना मिठो नभए पनि जबरजस्त खानु पर्दछ । योग एवं नाचगान गरेर रमार्इलो तथा मनोरञ्जन गर्नु पर्दछ । भिटामिन डि, भिटामिन सि, भिटामिन बि कम्प्लेक्स, जिंक ट्यावलेट, भिटामिन र्इ, खोकिलागेमा Fexofenadine, Azithromycin, Cefixime जस्ता एन्टिबाअटिक पनि लिन सकिन्छ। यिनीहरू कोरोनाका Medicene नभएता पनि अन्य असर कम परोस भनेर प्रयोग गर्न सकिदो रहेछ । यसै गरी आयुर्वेदिकमा अश्वगन्धा चुर्ण, गिलोइ चुर्ण, मह, कागती, लसुन, ज्वानो, मराठी, सिल्टिमुर, अदुवा, बेसार आदिको मिश्रण गरी पकाएर सुप खान हुन्छ । कालिज, लोकल कुखुराको सुप, बट्टार्इ चराका अण्डा, खसीका खुट्टाको सुप, दाल तथा गेडागेडीको सुप प्रसस्त मात्रामा खाएमा कोरोनालार्इ परास्त गर्न सकिन्छ भन्ने मेरा अनुभव रहेका छन् ।

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

विकासमा राजनीतिकरणको प्रभाव ।

राज्य सञ्चालनको लागि आवश्यक सबै प्रकारका नीतिहरुमा राजनीति सर्वोच्च नीति हो । वास्तवमा सबै प्रकारका नीतिहरुको उदगम नै राजनीति हो । मुलुकको सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनैतिक विकासक