कोरोना संक्रमितको अनुभवः आत्मबल कमजोर नबनाऔं

कोरोना भाइरसका बारेमा धेरैलाई थाहै छ । कोरोना भाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ । संक्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ । संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोनाभाइरस हुन्छन् । उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ । भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ । बिस्तारै ती अङ्गलाई कोरोनाभाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो संख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पु¥याउन सक्छन् ।

मलाई कोभिड–१९ को संक्रमण भएपछीको अनुभवलाई सुरुवाती समयलाई नियाल्दा म सधैंजसो Morning Walk गरेर घरमा फर्केपछि योगा गरी नुहाउने काम हुन्थ्यो । बिहानैदेखि अलि शरीरलाई अप्ठेरो र असजिलो महसुस गरेको थिएँ । त्यसैले Morning Walk नगई योगा मात्र गरेँ । सार्वजनिक विदाको दिन पनि थियो । दिउम्सो घाम पनि लागेको थिएन चिसो थियो । साँझ एउटा लेख लेखेर सुतँे । भोलिपल्ट शरीर पुरै दुखेको, आँखामा अश्रुग्यासको पिरो जस्तै पोलेको थियो । साँझ खाना खाने मन त थिएन तर श्रीमतीले खाना खानुपर्छ भन्ने अलि प्रेशर गरिन्, अनि हात धुन थालेको एक्कासी पूरै शरीर थरथरी काम्यो । तुरून्त डाक्टर कमल भूषाललाई सम्पर्क गरेँ । उहाँले १००० एमजीको सिटामल खान सल्लाह दिनुभयो र थप समस्या भएमा हामी तैयारी अवस्थामा भएकोले नआत्तिन सुझाउनुभयो । सिटामल खाएर दुईवटा सिरक ओडेर सुतेँ । रातको १ बजे पसिना निस्किएपछि अलि हल्का भयो । शरीर भने रातभरि नै दुखेको छ, आँखा निकै पिरो भएको छ ।

बिहानै स्वास्थ्यकर्मीलगायत सबैसँग सल्लाह लिएँ । बिहान स्वास्थ्य टोली अवस्था बुझ्न घरमै आइपुग्नुभयो । स्वाव टेस्टका लागि पठाइयो । साँझ कोरोना पोजेटिभ भएको रिपोर्ट आयो । आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव अर्याल, काठमाडौंकै अर्का डा. कृष्णगोपाल महर्जन, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल, लुम्बिनी कोभिड–१९ का फोकल पर्सन डा. सुदर्शन थापा, सैनामैनाका डा. कमल भूषाल, स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थी, नवीन अर्याल, दिपक जीलगायत धेरै मेडिकल पर्सनहरूसँगको सल्लाहबाट घरमा बसी कोभिडसँग लडाइँ लडिरहेको छु ।

प्रायः दैनिक डाक्टरहरूबाट सल्लाह सुझाव पाइरहेको छु । स्वास्थ्यकर्मीहरूले दैनिक केही समस्या छ कि भेट्न आइरहनुभएको छ । शुरूमा १०१ डिग्री फरेनाइटभन्दा बढी ज्वरो आयो, आँखा पोल्यो, घाँटी दुख्यो, शरीर दुख्यो, गन्ध एवं स्वाद हरायो, पखाला लाग्यो, अज बढी त तालुमा दुखाई बढी भयो, दुईदिन राति १२ देखि २ बजेतिर स्वास फेर्न अलि अप्ठेरो बनाएको थियो । रातभरि तालु (टाउको) कपडाले थिचेर सुतेँ, निद्रा लाग्ने कुरै भएन । तर पनि यसलाई जित्नु पर्दछ भनेर प्रसस्त मात्रामा तातो पानी र झोलिलो पदार्थ खाएँ । खाना मिठो नभए पनि खाना धकेलेरै भए पनि खान श्रीमतीले प्रेसर गरिरहिन् । त्यसैगरी खाना खाँदै गएँ । तेस्रो दिन एकछिन घाम ताप्न बसेको तुरून्तै अँध्यारो भयो । चक्कर लागे जस्तै महसुस भयो तर पानी भनेछु । थोरै पानी पिएर बेडमा कसरी आएँ भन्ने खासै थाहा पाइनँ ।

यस्तै यस्तै समयमा ख्याल गरिदिने मानिस भइदिने हो भने कोरोनालाई परास्त गर्न सकिँदो रहेछ । म बिरामी परेको धेरैलाई त थाहा थिएन तर थाहा पाएकाहरू मेराभाइहरू, आफन्तजन, कार्यालयका स्टाफ साथीहरू, पत्रकार मित्रहरू, छरछिमेकी धेरै आउनुभयो । खासमा भेट्न आउनेहरूबाट धेरै साहसिला विषयको ज्ञान पाइन्थ्यो । भेट्न आउनुहुनेले के पनि भन्नुहुन्थ्यो भने केही परे हामी तपाईको साथमा छौँ, नआत्तिकन शाहसिलो बन्न सुझाउनु हुन्थ्यो । खासगरी बिरामी परेको समयमा मलाई जो जसले भेट्न आउनुभयो उहाँहरुप्रति म सधैँ ऋणी रहने छु । आफ्नो भन्ने मानिसलाई पहिचान गर्न बिरामी र अप्ठेरो भएको समयमा मात्र चिनिँदो रहेछ । यस्तैगरी सामाजिक दूरी कायम गरी शुभचिन्तकहरूले भेट गर्दा पनि आत्मबल बढ्ने रहेछ । ज्वरो आउनु र सुक्खा खोकी लाग्नु, घाँटी दुख्ने, शरीर दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने, सुँघ्ने क्षमता पनि शिथिल हुने कोरोनाका यी लक्षणहरू नै रहेछन् ।

मेरा भोगाइका अनुभवहरूमा विशेष गरी कोरोना लाग्यो भनेर आत्मबल कमजोर नबनाउने र आत्मबल उच्च बनाउनुपर्दछ । कोरोना लागेको शंका लागेमा तुरून्तै परीक्षण गराउनुपर्दछ जसले गर्दा उपचार गर्न सजिलो हुन्छ । विशेषगरी कोरोना लागेको पाँच दिनसम्म बिरामीको एकदमै ख्याल गर्ने गर्नु पर्दछ । झोलिले पदार्थ प्रसस्त मात्रामा खाने गर्नुपर्दछ । चिसो वस्तु केही नखाने । १५÷१५ मिनेटमा तातो पानी खाने । झ्याल ढोका खुला गरेर सुत्ने । घाम लागेको समयमा प्रसस्त मात्रामा घाम ताप्ने गर्नुपर्दछ तर त्यो समयमा पनि तातो पानी पिउनु पर्दछ । सकेसम्म बाफ लिइरहनु पर्दछ र खाना मिठो नभए पनि जबर्जस्त खानु पर्दछ ।

योग एवं नाचगान गरेर रमाइलो तथा मनोरञ्जन गर्नुपर्दछ । भिटामिन डी, भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, जिंक ट्याबलेट, भिटामिन ई, खोकी लागेमा Fexofenadine,  Azithromycin, Cefixime जस्ता एन्टिबाटिक पनि लिन सकिन्छ । यिनीहरू कोरोनाका edicene नभएता पनि अन्य असर कम परोस् भनेर प्रयोग गर्न सकिँदो रहेछ । यसैगरी आयुर्वेदिकमा अश्वगन्धा चुर्ण, गिलोइ चुर्ण, मह, कागती, लसुन, ज्वानो, मराठी, सिल्टिमुर, अदुवा, बेसार आदिको मिश्रण गरी पकाएर सुप खान हुन्छ । कालिज, लोकल कुखुराको सुप, बट्टाई चराका अण्डा, खसीका खुट्टाको सुप, दाल तथा गेडागेडीको सुप प्रशस्त मात्रामा खाएमा कोरोनालाई परास्त गर्न सकिन्छ भन्ने मेरा अनुभव रहेका छन् ।

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

विकासमा राजनीतिकरणको प्रभाव ।

राज्य सञ्चालनको लागि आवश्यक सबै प्रकारका नीतिहरुमा राजनीति सर्वोच्च नीति हो । वास्तवमा सबै प्रकारका नीतिहरुको उदगम नै राजनीति हो । मुलुकको सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनैतिक विकासक